जानकारी फैल्याउन सहयोग गर्नुहोस्।

कृपया हामीलाई यो सेवाको आवश्यक व्यक्ति खोज्न मद्दत गर्नुहोस्।


फेसुबुकमा शेर गरी मद्दत गर्नुहोस्।


कृपया हामीलाई ISOLATION केन्द्रहरू फेला पार्न मद्दत गर्नुहोस् । जुन बिरामीलाई OXYGEN आवश्यकता परेको मा, हामीलाई सम्पर्क गर्नुहोला।


हामीले समाधान गर्न खोजिरहेको समस्या चाहिँ के हो ?

अक्सिजन कसरी उत्पादन गरिन्छ ?

अक्सिजन कन्सन्ट्रेटर के हो ? यसको माग किन भइरहेको छ ?

अक्सिजन कन्सन्ट्रेटर एउटा चिकित्सकीय उपकरण हो जसले हावामा भएको अक्सिजनलाई प्रशोधन गरी निकाल्ने काम गर्दछ । हाम्रो पर्यावरणमा भएको हावामा ७८ प्रतिशत ग्याँस हुने गर्दछ भने १ प्रतिशत अरू विभिन्न ग्याँसहरू रहेका हुन्छन् । अक्सिजन कन्सन्ट्रेटरले हावामा भएको नाइट्रोजनलाई अक्सिजनबाट छुट्याएर बाहिर हावामै फर्काउँछ र बाँकी भएको अक्सिजनलाई श्वास लिन योग्य बनाउँछ ।
यो कम्प्युटरको मोनिटर भन्दा अलिकति ठूलो हुन्छ । नेपाल र भारत लगायत अन्य देशहरूमा पनि जब कोभिडको केश अत्यधिक भएर अक्सिजन सिलिण्डरको अभाव हुन थाल्दछ, तब होम आइसोलेसनमा बसिरहेका विरामी र अक्सिजनको अभाव खेप्न थालेका अस्पतालहरूका लागि अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा उपयुक्त उपकरण ठहर भएको छ ।
(स्रोत:The Indian Express

यसले दिने सेवा के हो ?

कोभिड–१९ को महामारीका बेला अत्यधिक मानिसको ज्यान बचाउन प्रयोग गरिने मानवीय साधनहरू मध्ये अक्सिजन कन्सन्ट्रेटर पनि एक हुन पुगेको थियो । यो उपकरण अत्यधिक महँगो पनि छ । यसको मूल्य प्रति गोटा रु. ८५,००० देखि २,००,००० सम्म पर्दछ । तसर्थ हाम्रो यो प्रयास मार्फत त्यस्ता रोगीहरूको सेवा गर्न चाहन्छौँ जसका लागि अक्सिजन कन्सन्टे«टर अति आवश्यक छ तर आफै खरिद गर्ने क्षमता भने छैन । त्यति बेला यो जीवनोपयोगी उपकरण सहयोग लिई काम चलाउन सकिन्छ ।
यो कन्सन्ट्रेटर सबैका लागि उपलब्ध छ । आवश्यक परेका व्यक्तिहरूले हाम्रो सितापाइलास्थित केन्द्रमा आफै आई लिएर जान सक्नुहुन्छ । यसको लागि जम्मा दुइटा मात्र क्राइटेरियाहरू छन्–सामान्य ! विरामीले प्रयोग गरिसके पछि यो उपकरण सुरक्षितपूर्वक सितापाइला केन्द्रमै फिर्ता ल्याइदिनुहोला ताकि त्यसलाई अरु विरामीका लागि पनि प्रयोग गर्न सकियोस् ।

यो कसले लान सक्दछ ?

यो कन्सन्ट्रेटर जसले पनि निःशुल्क लान सकिन्छ (यसको लागि सहयोग गर्ने सबैलाई धन्यवाद, अन्तिम पृष्ठमा विवरण दिइएको छ ।) हामी चाहन्छौँ कि यो कन्सन्ट्रेटर साँच्चै नै आवश्यक विरामीका लागि मात्रै प्रयोग होस् । त्यसैले यो कन्सन्ट्रेटर कुनै लोभी विरामीले प्रयोग नगरोस् अथवा केवल घरमा ब्याक–अपको लागि मात्रै राख्ने काम नहोस् भनेर हामी विरामी रहेकै ठाउँमा आई केही कुरा बुझ्ने काम गर्नेछौँ । यसको लागि हामी निम्न कागजपत्र हेर्ने गर्छौँ ः
१) अक्सिजनको लागि डाक्टरले गरेको प्रेस्क्रिप्सन अथवा विरामीलाई अक्सिजन चाहिएको छ भनेर प्रमाणित गर्ने अन्य कागज।
२) नागरिकताको फोटोकपी ।
३) ३ महिना पछाडिको मिति राखिएको १,७५,००० रुपैयाँको एउटा चेक, जुन कन्सन्ट्रेटर जस्ताको तस्तै बुझाएकै दिन फिर्ता गरिने छ

यो कुन बेला बुक गर्न सकिन्छ ?

यो त्यतिबेला मात्रै बुक गर्नुहोला जब डाक्टरले अक्सिजनको लागि प्रेस्क्रिप्सन लेखिदिन्छ वा यदि तपाइँको अक्सिजन लेवल सामान्यभन्दा तल गएको छ ।
हाम्रा धेरै सेवाग्राहीहरूले आफ्ना विरामीलाई अस्पतालबाट डिस्चार्ज गरी घर लगिसक्नुभएको छ । तर घरमा कुनै पनि बेला अक्सिजन चाहिन सक्छ भन्ने आशंका पनि भइरहेको छ । कृपया हामीलाई यथाशीघ्र यस बारे जानकारी दिनुहोला ताकि हामीले तुरुन्तै कन्सन्ट्रेटरको व्यवस्था गर्न सकियोस् ।
हामीसँग सीमित मात्र कन्सन्ट्रेटरहरू छन्, त्यसैले लाने सेवाग्राहीहरूले यसको प्रयोग सकिने बित्तिकै फिर्ता गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।

यो उपकरण कहाँबाट लिने ?

अहिले हामीसँग सीमित मात्रामा कन्सन्ट्रेटरहरू रहेका छन्, तपाईंले सितापाइलास्थित इलेन मेमोरियल स्कूलबाट यो उपकरण लिन सक्नुहुन्छ । स्थानको म्याप तल दिइएको छ ।
azt-title
Open Closed
azt-street
Read more
azt-title
azt-street
azt-description
azt-phone
azt-email
azt-website
Sunday Open Closed
Monday Open Closed
Tuesday Open Closed
Wednesday Open Closed
Thursday Open Closed
Friday Open Closed
Saturday Open Closed
azt-title
Open Closed
azt-street
Powered byAZEXO
सेवाग्राही

निम्न व्यक्तिहरूले अक्सिजन कन्सन्ट्रेटर सापट्टि लिनु भएको छ

उमेरको बाँडफाँट

हाल सम्म लिटर अक्सिजन कन्सन्ट्रेटर सापट्टि लिएका व्यक्तिहरूको उमेर यस प्रकार छ

सेवाग्राहिको लिङ्ग

हाल सम्म अक्सिजन कन्सन्ट्रेटर सापट्टि लिएका व्यक्तिहरूको लिङ्ग यस प्रकार छ

Testimonials

Here is what families of the beneficiaries are saying about our service

REQUEST SERVICE

right now!

Please fill this form. We will then check to judge whether you qualify or not. If you qualify, you will get a call or a SMS from us.

oxygen concentrators - saving one life at a time
Borrow, don't buy!
CRM form will load here
Kindly download the app now

You can also book from the app

You can now download e-dheba SuperApp and book the oxygen concentrator from the app itself. Kindly go to Super Services -> Medical shop -> Oxygen Concentrator and borrow the oxygen concentrator from the app itself FREE OF COST.

Do more with the app
Once you have downloaded the app, you can also look at what else you can benefit from with eDheba SuperApp.
Application Form to Borrow Oxygen Concentrator

You will need to fill this and sign it to borrow Oxygen Concentrator

आम्दानी खर्चको विवरण

हामीले शुरुका सबै कन्सन्ट्रेटरहरू सेवा ग्राहिहारूलाई नई:शुल्क नै प्रदान गरेका थियौं। तर केही सेवा ग्राहिहारूले ति कन्सन्ट्रेटरहरू नि :शुल्क भएको हुनाले आफूले नचलाए पनि फिर्ता दिन अन्कनाइरहेको पाइयो। यसको कारण आवश्यक भएका विरामीहरूलाई हामीले समयमा नै कन्सन्ट्रेटर उपलव्ध गराउन सकेनौ। यो कारणले हामीले ५ लिटर कन्सन्ट्रेटर को निमित्त दैनिक रु १९९ र १० लिटर कन्सन्ट्रेटरको दैनिक रु २९९ शुल्क लिने निर्णय गरयौं । यो सानो आम्दानी हामले यी यंत्रहरूको मर्मत संभार र आवश्यक भएमा थप अक्सीजन कन्सन्ट्रेटर खरीद गर्न पनि प्रयोग गर्ने छौं।
यस साइटमा हामीले यस किसिमको आय र व्ययको सम्पूर्ण हिसाब पारदर्शिता र उत्तरदायित्व निर्वहाह गर्न पेश गर्ने छौं।

अस्पतालमा पोस्टर

यो सेवालाई हामीले प्रवर्द्धन गर्दैछौं

हाम्रो स्वयं सेवकहरूले विभिन्न पोस्टरहरू विभिन्न अस्पतालका सूचना पेटिमा टासदै आइराखेका छन्
समाचारमा

मिडियाले यस अभियानको विषयमा समाचार सम्प्रेषण गरी मद्दत गरेको छ

Supported By

Possible with the generous support of


Address

Ellaine Memorial School
Nagarjun-5, Sitapaila, Kathmandu District, Bagmati Province, Nepal

EMAil
info@edheba.com
Business hours

Everyday 9:00 am - 10:00 pm with appointment and prior information

Call for supporters

If you want to support this cause by making a donation in either monetary terms or equipment,
please email us at info@edheba.com
or call us at +977-1-5970800.