प्रोग्रामको बारे

लोयल्टी बैंक के हो ?

ई–धेबा सुपर एप्पले आफ्नो प्रणालीमा ‘लोयल्टी बैंक’ तयार गरेको छ जसबाट तपाइँले केही कार्य गरे वापत प्वाइन्ट आर्जन गर्न सक्नुहुनेछ । सबैभन्दा पहिले त तपाइँले यो एप्प डाउनलोड गरे वापत तपाइँले प्वाइन्ट पाउनु हुनेछ । आफ्नो परिचय भेरिफाई गराए वापत पनि तपाइँले प्वाइन्ट पाउनु हुनेछ । कुनै साथी वा पारिवारिक साथीलाई सिफारिस गराए वापत पनि तपाइँले प्वाइन्ट पाउनु हुनेछ । त्यस्तै ई–धेबाबाट वा हाम्रा पार्टनर पसलबाट अनलाइन वा अफलाइन खरिद गरे त्यस वापत पनि तपाइँले प्वाइन्ट पाउनु हुनेछ ।  

Earn points for everything that you do!

प्वाइन्ट कमाउनु

प्वाइन्ट कसरी प्राप्त गर्ने ?

ई–धेबा सुपर एप्पको प्रयोग गरी प्वाइन्ट प्राप्त गर्ने सयौं उपायहरू छन् । ती मध्ये केही निम्न छन् 


एप डाउनलोड

ई–धेबा सुपर एप्प डाउनलोड गर्ने बित्तिकै स्वागत बोनसका रूपमा तपाइँले १० प्वाइन्ट प्राप्त गर्नुहुनेछ ।

आईडी भेरिफिकेशन 

प्रयोगकर्ताले आफ्नो आईडी भेरिफिकेशन गर्ने बित्तिकै प्रयोगकर्तालाई १० प्वाइन्ट दिइने छ ।

सिफारिस 

कुनै नयाँ प्रयोगकर्तालाई सिफारिस गरी ई–धेबा सुपर एप्प डाउनलोड गर्नेबित्तिकै १० प्वाइन्ट पाउनु हुनेछ ।

भुक्तानी 

आफ्नो मोबाइल टप–अप, बिजुलीको बिल वा कुनै पनि कार्यको लागि ई–धेबाबाट भुक्तानी गरे वापत तपाइँले प्वाइन्ट प्राप्त गर्न सक्नुहुनेछ ।

शपिङ 

कुनै पनि पसलबाट तपाइँले अफलाइन वा अनलाई कुनै वस्तु वा सेवा खरिद गरेमा तपाइँ र पसलको स्तर अनुसार तपाइँले प्वाइन्ट प्राप्त गर्न सक्नुहुनेछ ।

स्तरोन्नति 

जब तपाइँ आफ्नो स्तरको तह वृद्धि गर्नुहुन्छ तपाइँले प्वाइन्ट पाउनु हुनेछ । उदाहरणको लागि तपाइँले आफ्नो स्तर मुगाबाट वृद्धि गरी नीलममा पु¥याउनुभयो भने २५० स्वागत प्वाइन्ट पाउनु हुनेछ ।

प्वाइन्ट कमाउनु

प्वाइन्ट प्राप्ती 

आर्जनको लागि सिफारिस
सबै प्रयोगकर्ताहरूले आफ्ना नयाँ साथी वा पारिवारिक सदस्यलाई ई–धेबा सुपर एप्प प्रयोगको लागि आफ्नो ‘रिफरर कोड’ प्रयोग गर्न सक्छन् । 

शर्त
* प्रयोगकर्ताले त्यतिबेला मात्रै आफ्नो रेफरर कोड देख्न सक्छन् जब उनीहरूको खातामा न्युनतम रु. १००० रहेको हुन्छ ।

* जसलाई सिफारिस गरिएको हो उसले एप्प डाउनलोड गरी आफ्नो आईडी भेरिफिकेशन गरिसके मात्रै सिफारिस गर्नेले प्वाइन्ट पाउन सक्नेछ ।


तह

४ तहहरू

तपाइँले ई–धेबा सुपर एप्प प्रयोग गर्नुभएको र हाम्रा पार्टनर संस्थाहरूमा गर्नुभएको खर्चको आधारमा तपाइँलाई चार तहमा विभाजन गरिएको हुन्छ ।


उपलब्धी

आफ्नो प्वाइन्टबाट तपाइँ के गर्न 

सक्नुहुन्छ ?

आफ्नो प्वाइन्टबाट तपाइँ सामान्यतया दुइटा कुरा गर्न सक्नुहुनेछ । यसलाई तपाइँ कुनै 

वस्तु वा सेवा खरिद गर्दा प्रयोग गर्न सक्नुहुनेछ । 

उपलब्धी

आफ्नो प्वाइन्टलाई शपिङमा प्रयोग गर्नुस् 

तपाइँ आफ्नो प्वाइन्टलाई अनलाइन वा अफलाइन शपिङमा जाँदा प्रयोग गर्न सक्नुहुनेछ । वस्तु वा सेवा खरिद गर्दा तपाइँले आफूसँग भएको ई–धेबा प्वाइन्टबाट सबै वा केही अंश भुक्तानी गर्न सक्नुहुनेछ ।

उपलब्धी

रिवार्डस्

तपाइँ आफूसँग भएको प्वाइन्टलाई मोबाइन फोन टप–अप, ब्याक प्याक ब्याग, मोबाइल फोन, ल्यापटब आदि वस्तु खरिद गर्दा प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि विभिन्न समयमा अभियानहरू सञ्चालन भएका हुन्छन् । त्यसको समय व पूर्ण जानकारीका लागि ई–धेबा सुपर एप्पको लोयल्टी बैंक सेक्सनको रिवार्ड उप–सेक्सनबाट तपाइँले जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

उपलब्धी

आफ्नो प्वाइन्टलाई सट्टापट्टा गर्नुस्

तपाइँ आफ्नो प्वाइन्टलाई निम्न उत्पादन वा सेवासँग सट्टापट्टा गर्न सक्नुहुन्छ


पार्टनर संस्थाहरू

तपाइँ व्यवसायी हुनुहुन्छ ?

यदि तपाइँ विभिन्न उत्पादन र÷वा सेवा बिक्री गर्ने व्यवसायी हुनुहुन्छ भने हामी तपाइँलाई निम्न अवसर प्रदान गर्न सक्छौँ
* ग्राहक संख्या बढाउन सकिन्छ । हामी तपाइँलाई ई–धेबासँग आवद्ध सम्पूर्ण ग्राहकको पहुँचा पु¥याइदिन्छौँ ।
* ग्राहकसँग सम्बन्ध राख्नोस् ताकि उनीहरूले तपाइँका सामान बढी मात्रामा किन्न सकुन् ।
* ग्राहकलाई किफायती दरमा दिनुस् ताकि उनीहरू तपाइँसँग फेरि फेरि पनि सामान किन्न प्रेरित होउन् ।

अतः ई–धेबा सुपर एप्प लोयल्टी कार्यक्रमको अंग बनी आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने यो एउटा फाराम भर्नुस् । हामी तपाइँलाई छिट्टै सम्पर्क गर्नेछौँ ।

हाम्रा सेवाहरू

जिओ फेन्स

तपाइँको प्वाइन्ट स्वीकार गर्ने कुनै पसलको सामु पुगेपछि नोटिफिकेशनमा थिच्नुस्

जब तपाइँ बजार जानुहुन्छ, त्यहाँ तपाइँको प्वाइन्ट स्वीकार गर्ने वा भुक्तानी गर्ने कुनै पसलको १०० मिटरको दुरीमा आए पछि तपाइँले ई–धेबा सुपर एप्पको एउटा नोटिफिकेशन पाउनु हुनेछ । 


हाम्रो नेटवर्कको अंग बनेका व्यापारिक संस्थाहरूले यी सुविधाका कारण धेरै कारोवार प्राप्त गर्न सक्छन् र धेरै ग्राहकलाई आफूतिर आकर्षित गर्न सक्छन् ।  


CRM form will load here

Get all the users shopping at your business!

Ensure that the users keep on coming back... again... and again! Give them loyalty points for spending at your business.
Let them use their loyalty points as part of payment in your business.

Complete the form to have our representative contact you.

SUBMIT FORM NOW

Please visit our other Webpages as well

eDheba Card Services
eDheba Card Services

We have the service to be able to pay for transportation and parking with your card.

Billbook Renewal Service
Billbook Renewal Service

Find out how we provide renewal of billbook at your home without having to stay in line or spend the entire day.